काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक गम्भीर रुपमा अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार सिंहदरबोरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझावसहितको प्रतिवेदन प्रस्तुत कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।
“सरकार जिम्मेवारपूर्वक जान्छ, गम्भीर रुपमा जान्छ । यो सुझाव सरकारलाई नै दिइएको हो, विभिन्न विषयमा आवश्यकता अनुसार सुझाव आइरहुन् । पार्टी अध्यक्षको हैसियतले धन्यवाद र प्रधानमन्त्रीको हैसियतले पनि धन्यवाद”, आलीले भने ।
ओलीले भने “सरकारका निम्ति कार्यसम्पादन गर्न उपयोगी हुने, अरु राजनीतिक दलले पनि विरोध मात्र गर्ने होइन, रचनात्मक ढंगबाट अवस्था यस्तो छ । यस्तो काम यसरी गर्न सकिन्छ भनेर, समाधानका चुनौती के के छन् रु” देशलाई कसरी अग्रगमन र विकासको बाटोमा लाने भन्ने सन्दर्भमा सुझाव राख्नुभएकोमा धन्यवाद ।” यी सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाइने र छलफल गरिने उनले बताए ।
