इन्द्रेणी संवाददाता
दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । दाङको घोराही उपमहानगरपाकिा वडा नं. १६ सर्रामा घोराही बजारबाट सर्रातर्फ जाँदै गरेको लु ४५ प ७४२५ नम्बरको मोटरसाईकलले ठक्कर दिदा सोही वडा निवासी ३८ वर्षिय नारायण पोख्रेलको ज्यान गएको हो ।
शुक्रबार साँझ साढे ९ बजेको समयमा सर्रास्थित सुप्रिद्धि टाटा स्वरुम नजिकै सडकमा हिडिरहेका पोख्रेलाई पाल्पाको माथागढी गाउँपालिका (१ का २६ वर्षिय तेज बहादुर रेशमीले चलाएको मोटरसाइकले दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक रेशमीको भैरहवामा उपचार भइहेको छ।
