इन्द्रेणी संवाददाता
चितवन । चितवन भरतपुर २९ सिमलतालमा पहिरोले दुई वटा यात्रुसहितका बस बगाएको करीव तीन दिन भइसक्यो । बस बगाएको स्थान वरपर त्रिशुली नदीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ । तर अहिलेसम्म ती बस र तिनमा सवार यात्रुहरुको अवस्था पत्तो छैन । आफ्न्तहरु खोजी बस बगाएको स्थानमा वेपत्ता भएकाहरुको केही खबर आउछ कि भनेर कुरिरहेका छन् । उनीहरुमा अब जीवतै पाउन आशात मरिसकेको छ तर, लाश भए पनि पाइन्छ कि भनेर विहानै अति वेलुका अबेरसम्म त्यही कुरिरहेका छन् ।
त्यहाँ सेना, प्रहरीलगायतको टोलीले आफूसँग भएका प्राविधिक उपकरण र बासको भाटाले बस खोजी रहेका छन् । तीन दिनसम्म पनि बस र यात्रुहरुको अत्तो पत्तो छैन । यो अवधिमा नबलपरासीको गैडाकोट नारायणी नदीको किनारामा दुई र बस खसेको केही तल एक गरी तीन वटा शब फेला परेका छन् । ती शब हराएका बसकै यात्रु भएको पुष्टि समेत भइसकेको छ । दिनपछि दिन वित्तदै जाँदा र आफन्तहरुको अवस्था थाहा नपाउदा अब आफन्तहरु आक्रोशित हुन थोलका छन् । उनीहरुले राज्यले खोजीमा ध्यान नदिएको र वासका भाटाले खोजेर बस र यात्रुको अवस्था थाहा नहुने प्रतिक्रिया दिन थालेका छन् ।
असार २८ गते विहान करीव साढे ३ बजेतिर काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–०११ ख २४९४ जबमरको गणपति यातायातको बस र विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०६६ ख १५१६ नम्बरको बस पहिरोले बगाएर त्रिशुली नदीमा वेपत्ता बनाएको थियो । त्यसमा सवार ५० भन्दा बढी यात्रुहरुको भएको बताइएको छ ।











