बाँके । खेतमा धान रोपिरहेका दुई महिलाको चट्याङ लागेर मृत्यु भएको छ। अर्की एक महिला घाइते भएकी छिन्।
बाँके राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका ६ बजेर ३० मिनेटमा चट्याङ खस्दा गम्भीर घाइते भएकी तीन महिला मध्ये दुई महिलाको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। उनीहरुको नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् ।