काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन्।
आज पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने उनले स्पष्ट पारे।











