मुगु । रारा तालमा डुबेर युवकको ज्यान गएको छ । रारा तालको पूर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका ५ का २१ वर्षीय शिशिर जंग रावलको डुबेर ज्यान गएको हो ।
दिउँसो २ बजेतिर रावल डुबेको जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुईवटा डुंगाबाट नेपाली सेना घटनास्थलमा पुगेको थियो।
रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट बाहिर निकालेका थिए। शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।











