काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा भएको दशौँ महाधिवेशनबाट नेपाल सर्वसम्मत भएका हुन् ।

महाधिवेशनबाट पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।

आज अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसहमतिमै टुंगो लगाएको एकीकृत समाजवादीले शुक्रबारसम्म थप पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिबाटै टुंगो लगाउने भएको छ।

पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ । गत असार १६ गतेदेखि काठमाडौंको कमलादीमा एकीकृत समाजवादीको १० औं महाधिवेशन शुरु भएको थियो।