काठमाडौं । नेकपा एमालेबाट विछोडिएर बनेको नेकपा एकीकृत समाजवादीले आज नयाँ नेतृत्व चयन गर्दैछ । जारी पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आज बिहीबार निर्वाचन प्रक्रिया शुरु हुँदैछ।

अध्यक्ष बन्नका लागि अहिलेका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच रस्काकस्सी चलेको छ । दुबै जनाले नेतृत्वमा दावी कायमै राखेका छन् ।

नेपालले एमालेबाट विद्रोह गरी पार्टी बनाउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको भन्दै आफ्नो नाममा सर्वसम्मत गराउने प्रयासमा छन् भने भुसाल पार्टी रूपान्तरणका लागि नेतृत्व हस्तान्तरण हुन आवश्यक भन्दै अध्यक्षको दावी छोडन मानिरहेका छैनन् । सकेसम्म अध्यक्ष सर्वसम्मत गर्ने प्रयास भइरहेको बताइएको छ ।