काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको हो ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल बुधवारको मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। यो सँगै केही गर्छकी भनेर आशा गरेको पार्टी रास्वपामा पनि किचलो शुरु भएको छ ।