काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिएको छ । बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

एमालेले सरकारबाट वाहिरिनु अघि नै आफ्नो नेतृत्वमा कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरिसकेको छ ।