काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपदबाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । १०० जना घाइते छन् भने एक हजार २३ घरपरिवार प्रभावित भएका छन् ।
अनुमानित आर्थिक क्षति २० करोड ७३ लाख बराबरको भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । यसले झन जोखिम बढाउने सम्भावना छ ।
वर्षातकै कारण दैनिक जसो विभिन्न ठाउँमा बढी, पहिरोका कारण सडकहरु अवरुद्ध हुदै आएका छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको थियो । अझै आइतवारसम्म मनसुन सक्रिय रहने महाशाखाले जनाएको छ ।
