काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाइएको छ । रञ्जितालाई पार्टीका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन्।

दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउने निर्णय गरेको हो। सोमबार १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी छ। रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्।

रञ्जितालाई हटाएर बैठकले गंगाराम चौधरीलाई दल नेता र लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय समेत गरेको छ।