काठमाडौं । मुल पार्टी नेकपा एमालेबाट विछोडएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा देशभरिबाट एक हजार ८४७ जना प्रतिनिधि आउने बताइएको छ ।

महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेजसमेत तयार भइसकेको जानकारी दिए। उनले पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने जानकारी पनि बताए। महाधिवेशन २० गतेसम्म चल्ने छ ।