काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी लोकसभामा विपक्षी नेता चुनिएका छन् । यसअघिका दुई वटा चुनावमा कांग्रेसले संसद्को १० प्रतिशत अर्थात् कम्तीमा ५४ सिट जित्न नसकेपछि विपक्षी दलको नेताको हैसियत पाएको थिएन ।

सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट ९९ सिट जित्न सफल भएको छ। १० वर्षपछि भारतीय लोकसभामा कांग्रेसले विपक्षी दलको नेताको हैसियत पाएको हो । मंगलबार इन्डिया गठबन्धनको बैठकपछि गान्धी प्रतिपक्षी दलको नेता बन्न राजी भएका हुन् ।

भारतीय लोकसभामा विपक्षी दलको नेता एक संवैधानिक पदका रूपमा रहेको छ । विपक्षी दलका नेतालाई विशेषाधिकार प्राप्त हुन्छ ।