इन्द्रेणी संवाददाता

दाङ । दाङमा प्रहरीले लागुऔषध अफिमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ का ४० वर्षका टेक बहादुर बोहरा, आठविसकोट २ का ४५ वर्षकी मनकुमारी बोहरा र रुकुम पश्चिम मुसिकोट नगरपालिका ६ का ३० वर्षका मोहन पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुबाट रुकुम पश्चिम आठविसकोट नगरपालिका ३ घर भई दाङको तुलसीपुर उपमहानगरपालिका ८ शुभविहानी टोलमा डेरा गरेर बस्दै आएकी लक्ष्मी बोहराको कोठामा लुकाई छिपाइ राखेको अवस्थामा १३ किलो अफिम बरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र लक्ष्मी बोहरा फारार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिएका छन् ।