काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । भोलि बिहान ७ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । बैठक बसेपछि बिहान १० बजेसम्म नतिजा प्रकाशन हुने परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले बताए ।

यसअघि आज बुधबार नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले बिहीबार मात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको बार्डले जनाएको छ ।

यसपटक विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।