इन्द्रेणी संवाददाता
काठमाडौं । साता दिन अघि नेपालमा मनसुन सक्रिय छ । अहिले देशका सबै प्रदेशमा मनसुन फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै भोलि बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
