लमजुङ । वर्षातका कारण आएको पहिरोले घर मगाउँदा लमजुङमा चार जनाको ज्यान गएको छ । गएराति आएको पहिरोले क्ब्होंलासोथर गाउँपालिका ३ मा पहिरोले तीन ओटा घर बगाउँदा ४ जनाको ज्यान गएको हो ।

स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो।

रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य विनप्रसाद घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।