इन्द्रेणी संवाददाता
दाङ उपत्यकाबाट उद्गम भई अयोध्या गंगानदीमा मिसिने सरयु नदीको शिरमा नेपालकै अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ ।
स्थानीयहरुले दाताहरुको सहयोगबाट ५५ फीट अग्लो हनुमानको मूर्ति बनाएका निर्माण गरेका हुन । आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढाएर यस क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्य बनाउन यस क्षेत्रमा नेपालकै अग्लो मूर्ति बनाएको मन्दीर व्यवस्थापन समितिका सचिव श्रवण खनालले जानकारी दिए ।
उनका अनुसार सरयु नदीको शिरमा मुहानको पानीले नुहाउनका लागि नौ वटा गौमुखी धारा समेत निर्माण गरिएको छ । जहाँ गएर नुहाउदा पुन्य प्राप्ती हुने स्थानीयहरुको बुझाइ रहेको छ ।