सुर्खेत । खोलामा माछा मार्न गएका एक जनालाई बाढीले बगाएर मृत्यु भएको छ । भारी वर्षाका कारण आएको बाढीले जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका इन्द्रबहादुर रोकायको बाढीले बगाएर मृत्यु भएको हो । अन्य छ जना घाइते भएका छन् । घाइतेको उद्धार भएको छ ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिएका छन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन् ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका छन् ।