इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले एक जनालाई व्यक्ति हत्याको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ वेलुवा बस्ने ४६ वर्षका बालाराम चौधरी रहेका छन् । उनलाई प्रहरीले असार ५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।
घोराही ८ बेलुवाकै ५० वर्षका प्यारी चौधरी जेठ १७ गते बेलुकी आफ्नै घरभित्र सुतेकै बेडमा मृत भेटिएकी थिइन् । उनको प्रहरीले तत्काल प्रारम्भिक अनुसन्धान गरी परीक्षणका लागि भेरी अस्पतालमा पठाएको थियो । अस्पतालको परीक्षणबाट चौधरीको मृत्यु घाँटी थिचेर मारेको देखिएको छ । त्यस लगतै बालारामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
