काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई सत्तारूढ दलबाटै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन प्रस्ताव आएको दाबी गरिएका छन्।

पार्टी अध्यक्ष राउतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रस्ताव गरेको जनमत पार्टीका महासचिव चन्दन सिंहले दाबी गरे। तर राउत सरकारमा जानेरनजाने विषयमा टुंगो लागिनसकेको उनले बताए।

ओलीले राखेको प्रस्तावलाई आफूहरूले सकारात्मक लिएको उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि जनमत पार्टीलाई सरकारमा ल्याउन चाहेको छ। जनमत पार्टी ६ सिटसहित प्रतिनिधिसभामा छ ।