इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १८ घोरदौरास्थित हरिकेष पहाडमा रहेको हरिकिषे गुफामा जानका लागि गोरेटो बाटो निर्माण भएको छ ।

रुटिन अफ घोराही, इन्द्रेणी अनलाइनको टिम, द होप ट्रेनिङ सेन्टर दाङको टिम र स्थानीय लगायत यस गुफालाई सरोकारमा राख्नेहरुको सहभागितामा श्रमदान गरी आज गोरेटो बाटो निर्माण गरिएको हो । बाटो निर्माण भएपछि अब उक्त गुफा अबलोकन गर्न जान सहज हुने भएको छ ।

लामो समयदेखि त्यहाँ गुफा भएपनि प्रचार प्रसारको अभावमा ओझेलमा रहेको थियो । केही समयदेखि उक्त गुफा चर्चामा आएको छ । भौगोलिक रुपमा केही विकट क्षेत्रमा रहेकाले पनि उक्त गुफा प्रसार प्रसारको ओझेलमा रहेको र यसको प्रचार प्रसार र विकास गर्न सके यस क्षेत्रको पर्यटकीय क्षेत्र बन्ने सम्भावना छ । जिल्लाको सदरमुकाम घोराही बजारदेखि नजिकै रहेको उक्त गुफा प्रचार प्रसार हुन सक्दा ओझेलमा छ ।