काठमाडौ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्धको रुपन्देही जिल्ला अदालतमा दायर भएको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो । कृष्णप्रसाद खरेलको जाहेरीले जितेन्द्रबाबु राई समेत भएको सहकारी ठगी विवादसम्बन्धी मिसिल झिकाएर पूर्व आदेशअनुसार अग्राधिकार समेत दिने सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चले अर्को पेसी आगामी असार ४ गतेका लागि तोकेको छ ।