पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । आजको प्रदेश सभामा भएको मत विभाजनमा माओवादी संसदीय दलको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि मुख्यमन्त्री पाण्डे विश्वासको मत पाएका हुन् ।

मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले बताए । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुई जना र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले पनि मत दिएका छन् । नेकपा एमालेका २२ र माओवादीका ६ सहित २८ जना सांसदले पाण्डेको विपक्षमा मत हालेका छन् ।