दाङ । दाङको बङ्गलाचुली गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
बङ्गलाचुली ४ को जुम्लेपानी–पुरुङछेडा सडकअन्तर्गत मौवालेकमा रा ३ प ५७९१ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बंगलाचुली ४ निवासी ३२ वर्षीय खेतुलाल नेपालीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते नेपालीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते मोटरसाइकल चालक बंगलाचुली ३ निवासी ३८ वर्षीय चेतप्रसाद डाँगीको घोराहको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।











