दाङ । थारू कल्याणकारिणी सभा जापान शाखाले घोराही उपमहानगरपालिका १० जलौरा निवासी दिल कुमारी चौधरीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ । गत चैत १६ गते टेक्टर दुर्घटनामा परि घाईते भएका चौधरीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग पठाएको हो ।
आर्थिक अभावका कारण स्वास्थ्य उपचारको सकस खेप्दै आइरहेका चौधरीको स्वास्थ्य उपचारका लागि रोजगारीको शिलशिलामा जापानमा रहेकी घोराही उपमहानगरपालिका १२ निवासी शान्ति चौधरी पहलमा आर्थिक सहयोग सकलन गरी मंगलवार घाइते चौधरीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र घोराही उपमहानगरपालिका सचिव वसन्त चौधरीले घाईते चौधरीलाई १४ हजार ८१२ रूपैयाँ सहयोग रकम हस्तान्तरण गरे । घाइते चौधरीको स्वास्थ्य उपचारका लागि हालसम्म परिवारले २० लाख रूपैयाँ खर्च भईसकेको छ ।
