दाङ । समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनी विरुद्ध तुलसीपुर उपमहानगरपालिका एक्सनमा उत्रिएको छ ।
उपमहानगरले काम गर्न नसक्ने निर्माण कम्पनीलाई कार्वाही प्रक्रिया अघी बढाइएको मेयर टिकाराम खड्काले जानकारी दिए । कार्वाही प्रक्रिया अन्तर्गत तुलसीपुर उपमहानगरपलिकाले समयमै काम नसक्ने एउटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ ।

उपमहानगरको २२ औँ कार्यपालिका बैठकले आर्थिक बर्ष २०७७/०७८मा भएको सम्झौता अनुसार उर्जा कृषभ जेभीले सात वटा सडक कालोपत्रेको काम समयमै नसकेकाले सम्झौता भंग गरी कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता माधव वलीले बताए । उनका अनुसार उर्जा कृषभ जेभिलाई तीन बर्षका लागि कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।