दाङ। दाङमा बन्चरो प्रहार गरी एक जना महिलाको हत्या गरिएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपार निवासी अन्दाजी ५० वर्षीया जुपली बुढा र सुर्खेत जिल्ला बीरेन्द्रनगर नगरपालिका–२ चनाबारी घरभई घोराही उपमहानगरपालिका–१० नारायणपुरमा बस्दै आएकी अन्दाजी ४४ वर्षीया संगीता सुनार बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

मृतक बुढाको घरको भान्सा कोठामा बन्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनाएका छन् ।

सुनारको हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझेको र हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेमा रोल्पा थवाङ् घरभई हाल घोराहीको चौघेरमा बस्दै आएको अटो चालक टेकबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । घटना शनिवार पौने ५ बजेतिर भएको हो ।