तुलसीपुर । यही वैशाख २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानलका उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । जसका लागि साझा व्यावसायिक प्यानलबाट ललितजंग शाहको नेतृत्व गरेका छन् भने नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्यानलको नेतृत्व विनिल केसीले गरेका छन् ।
व्यावसायिक प्यानलको तर्फबाट उपाध्यक्ष (खुला) मा डिल्लीबहादुर वली, उपाध्यक्ष (वाणिज्य) मा नरेशकुमार राजभण्डारी, उपाध्यक्ष (उद्योग) मा विश्व बस्नेत, कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँ‘गी, सचिवमा भुपाल रावत, सहकोषाध्यक्षमा किशोरकुमार वली छन् । सदस्यहरुमा भीमबहादुर खत्री, शारदा बस्नेत, मीना रावत, मनोजकुमार गुप्ता, कृष्णबहादुर पुन, सुरेश नेपाली र टोपबहादुर महतरा छन् ।
यसैगरी कांग्रेस निकट प्रजातन्त्रवादी प्यानलतर्फ उपाध्यक्ष (खुला) मा देवबहादुर केसी, उपाध्यक्ष (वाणिज्य) मा खुशलराम शर्मा, उपाध्यक्ष (उद्योग) मा हेमेन्द्र खड्का, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नवीन राई, सहकोषाध्यक्षमा दिपेश भण्डारी छन् । यस्तै सदस्यहरुमा सन्दीप रिजाल, कोमल डिसी, तीर्थबहादुर डाँगी, माधव बस्नेत, निलम बस्नेत, कल्पना विष्ट, चिन्तामणि आचार्य, शैलेन्द्र बुढाथोकी, सुवास अधिकारी र चन्दन वली छन् ।
