इलाम । उपचिर्वाचनबाट इलाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दैछन् । आज बिहान ११ बजे नेम्वाङलाई सभामुख देवराज घिमिरेले सपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल शपथ ग्रहण कार्यक्रम राखिएको छ। शपथ खुवाएर घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएपछि सांसदको जिम्मेवारी पाउनेछन्। गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङ विजयी भएका थिए।