विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। जसका लागि वैशाख २८ गते ५ बजेसम्मको समय दिइएको छ ।

प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्नुपर्ने छ । सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएको थियो।

मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।