उदय बीसी
दाङ । पछिल्लो समयमा विभिन्न कारणले कृषियोग्य खेतबारीको माटो विग्रदै गएको छ । बढ्दो रसायनिक मल तथा विभिन्न विसादी प्रयोगका कारण खेतीयोग्य जमिनको माटो विग्रदै गएको हो । यसरी माटो विग्रदै जाँदा किसानहरुले गर्दै आएको बालीनालीमा समस्या आउने गरेको छ ।
निकट भविश्यमा माटोमा ठूलै समस्या नओस भन्ने हेतुले दाङको तुलसीपुर उपमहानगरपालिकाले बारीको माटो परीक्षण शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको उमहामनगरको कृषिशाखाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थालेको हो । पहिलो चरणमा कृषिशाखाले वडा नम्वर २ बाट माटो परीक्षण गर्न शुरु गरेको नगर प्रमुख टिकाराम खड्काले बताए । ‘हामीले कृषकको बारीमा माटो परीक्षण शुरु गरिसकेको छौं’, उनले भने, ‘यसले किसानलाई थप माटोको समस्याबाट बाली नालीमा समस्या हुने छैन, अनि यसले कृषिलाई पनि आधुनिकिरण गर्नमा मद्दत गर्ने छ ।’
परम्परागत कृषिले कृषकको जीवनयापन नहुने भन्दै प्रमुख खड्काले उब्जनी बढाउनका लागि माटो परीक्षण आवश्यक भएको समेत बताए । माटोको अवस्था पहिचान गरी सोही बमोजिमका आवश्यक भए किटनाश औषधि प्रयोग गर्न मेयर खड्काले कृषककालाई आग्रह गरे । शुरुमा वडा नं. २ बाट परीक्षण शुरु गरिएपनि सबै वडाका किसानका खेतबारीको माटो परीक्षण गरिने उपमहानगरपालिका कृषिशाखाले जनाएको छ ।
हालसम्म वडाका २०० जना कृषकले माटो परीक्षणका लागि माटोको स्याम्बल वडा कार्यालयमा बुझाएको वडा अध्यक्ष भिमबहादुर योगी जानकारी दिएका छन् । संकलन गरिएको माटोको स्याम्बल माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेमा पठाइने शाखाले जनाएको छ ।
