धादिङ । धादिङमा एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ । थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला भन्ने ठाउँको तेजबहादुर लामाको घरमा आगो लाग्दा वृद्ध दम्पतीको ज्यान गएको हो ।
७० वर्षीय लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको ज्यान गएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । आगलागीबाट घरमा रहेका अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी गएराति भएको हो ।
