काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी २० शृंखलाको चौथो खेल आज हुँदैछ। खेल दिउँसो १ बजे शुरु हुदैछ ।
पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २ १ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।
पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।











