काठमाडौं । सत्ता गठबन्धन दलले कर्णालीमा एमाले र सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समहति भएको हो । अहिले कर्णालीमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ ।

त्यसैगरी बागमती प्रदेशमा आलोपालोको दोस्रो चरणमा समाजवादीको मुख्यमन्त्री हुने तय भएको छ। आलोपालोमा मुख्यमन्त्री पाउने सहमतिपछि नेकपा एसले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका जम्कट्टेललाई बागमती प्रदेशका मुख्यमन्त्रीमा विश्वासको मत दिएको छ ।