काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । सोवार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् ।

मत विभाजनका क्रममा उनको पक्षमा ५६ मत परेको थियो । विपक्षमा ३७ जना सांसदले मत दिएका थिए भने १५ जना सांसद तटस्थ बसेका थिए ।

जम्कट्टेललाई माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी हानेपाले विश्वासको पक्षमा मत दिएका थिए ।