WILD BOAR

रोल्पाको करेटी ७ मजुवामा जंगली बँदेलको आतंक बढेको छ । किसानको खेतबारीमा पसेर बालीनाली खान थालेपछि किसान हैरान भएका छन् । मजुवाका कृषकहरुले लगाएको बालिनाली बथानका बथान बँदेल आएर सखाप पारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

WILD BOAR

विगतका वर्षहरु जस्तै यस वर्षपनि कृषकहरुले लगाएको हिउदे तथा वर्षे बाली मकै, गहु, तरुल, पिडालु, केरा, आलुलगायतका बालिमा जंगली बँदेलले ठूलो क्षति पु(याएको कृषक अमरबहादुर घर्तीले गुनासो गनुभयोे ।

रातिको समयमा सौचको लागि बाहिर निस्कदा पनि बँदेलको आक्रमणको निसामा पर्ने त्रासदी स्थानीय महिला तथा वालवालिकामा बढेको घर्तीले बताउनुभयो ।।