दाङ । आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । यो पर्वमा विभिन्न रङ र लोला खेली आपसमा रमाइलो गरिन्छ ।

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको छ । हिजो मात्रै होलीका क्रममा विवाद हुदा ललितपुरमा दुई जनाको ज्यान गएको छ ।