ललितपुर । होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा ललितपुरको ढोलाहिटीमा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा उनीहरुको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ । राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ ।