काठमाडौँ । नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले स्वर्गीय नेता सुवास नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यस्तै बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।