इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २२ औं साधारणसभा १२ औं जिल्ला अधिवेशन २०८१ बैशाख ३ र ४ गते गर्ने भएको छ । शाखाले साधारणसभा, जिल्ला अधिवेशन र लुम्बिनी प्रदेश स्तरीय मिडिया महोत्सव सँगसँगै बैशाख ३ र ४ गते गर्न लागेको हो ।
महासंघको आज आइतवार बसेको कार्यसमितिको नियमित बैठकले साधारणसभा, जिल्ला अधिवेशन र प्रदेश स्तरीय मिडिया महोत्सव सँगसँगै गर्ने निर्णय गरेको हो ।
बैठकले यी कार्यक्रम सफल पार्नका लागि शाखा अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा कार्यसमिति, पूर्वपदाधिकारी र जिल्लाका सञ्चार संघ संगठनका प्रमुख सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी मूल व्यवस्थापन समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्षहरु, वर्तमान सल्लाहकारहरु एवं पूर्व केद्र्रिय सदस्यहरुलाई राखिएको छ । त्यस्तै सचिव आरके शितलको संयोजकत्वमा सहसचिवहरु दशरथ घिमिरे, दिप्तीशिखा चौधरी, सदस्य उदय बीसी र कुलदीप न्यौपाने सदस्य रहेको प्रचार प्रसार समिति पनि गठन गरिएको छ ।
त्यस्तै उपाध्यक्ष बसुन्धारा गौतमको संयोकत्वमा सहसचिव दिप्तीशिखा चौधरी, सदस्यहरु अन्जना चौधरी, यमकला भुसाल र उमा भण्डारी सदस्य रहेको अतिथि सत्कार समिति, सदस्य जीवन नेपालीको संयोजकत्वमा दिपक बोहरा, विवेक खड्का, गिरिराज नेपाली र दुखहरण यादव सदस्य रहेको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी साधारणसभा तथा अधिबेशनमा पुरस्कृत हुने प्रतिभा छनौटका लागि अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा उपाध्यक्षहरु बसुन्धारा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समित गठन गरिएको सचिव आरके शितलले जानकारी दिएका छन् ।












