काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

आयोगले विशेष अदालतमा कार्कीले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी बिहीबार मुद्दा दर्ता गरेको हो ।

कार्कीले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा घटना बाहिरिएको थियो ।