काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि सत्ता गठबन्धनबाट माओवादीका नारायणप्रसाद दाहाल छन् भने प्रतिपक्षीबाट काग्रेसका युवराज शर्मा उम्मेदवार छन् ।

५८ जना सदस्य रहेको राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६ र जनता समाजवादी पार्टी नेपालका एक सदस्य छन् । अध्यक्षमा निर्वाचित हुन ३० जना सदस्यको दस्तखतसहितको मत विभाजन आवश्यक पर्ने छ ।

माओवादी केन्द्र राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल हो । सो पार्टीका १७ जना सदस्य छन् । सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई समर्थन गर्ने माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य छन् । यसरी दलले गरेको समर्थनका आधारमा दाहालको पक्षमा ३८ सदस्य छन् ।