यातयात व्यवस्था बिभाग राप्ती तुलसीपुरले मोटरसाईकल र स्कुटीको लागि लिएको सवारी चालक अनुमपति पत्र (लाईसेन्स) को लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो सार्बजनिक नतिजामा परिक्षा दिएका मध्य ५ हजार १ सय ३३ परिक्षार्थी उतिर्ण भएको बिभागले जनाएको छ । उत्तिर्ण भएकाहरुकालाई साउन १५ गते मोटरसाईकल र स्कुटीको ट्रायल लिईने बिभागले बताएको छ ।

hqdefaultमोटरसाईकल र स्कुटीको सवारी चालक अनुमति पत्र लाईसेन्स लिनका लागि यहि साउन १ गते तुलसीपुरमा लिईएको लिखित परिक्षाको दुई हप्ता पछि मात्रै हिजो नतिजा प्रकासित गरिएको हो । लिखित परिक्षामा ६ हजार वढी सहभागी भएको बिभागले जनाएको छ ।।