काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । काग्रेस र माओवादीबीचको सत्ता गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण भएपछि आज बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।
संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो ।
सत्तामा नयाँ समिकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा छन् । सरकारमा जाने दलहरुबीच सिट बाँटफाँटबारे छलफल वालुवाटारमा जारी छ ।
