काठमाडौं । नेकपा माओवादी केन्द्रले काग्रेससँगको सत्ता सहकार्य छोडेर एमाले र रास्वपासँगको नयाँ समिकरण बनाएको छ । अहिले नयाँ समिकरण अनुसारका दलहरु वालुवाटारमा बैठकमा छन् ।
उनीहरुले नयाँ गठबन्धन बनाएर सरकार निर्माण गर्ने र नयाँ बन्ने सरकारमा कसको कुन मन्त्री बनाउनेमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।
बैठकमा नयाँ समीकरण र मन्त्रालयको बाँडफाटको बारेमा छलफल भएको स्रोतले बताएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहेका छन् । तर लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्। परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्।
