काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले आजै शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले काग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपासँग गठबन्धन गरेपछि नयाँ मन्त्रीले शपथ लिएका हुन् ।