सल्यान । सल्यानमा चट्याङ लागेर चार जना घाइते भएका छन् । शारदा नगरपालिकामा चट्याङ लागेर चार जना घाइते भएका हुन्।

बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चार जना घाइते भएको बताइएको छ ।

घाइते हुनेहरुमा स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले बताएका छन्। जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ ।