काठमाडौं । मिटरब्याजका कारण पीडित भएकाहरु २३ दिनको पैदलयात्रापछि काठमाडौं पुगेका छन् । करिव चार हजार बढी मिटरव्याज पीडितहरु बुधवार बेलुका काठमाडौं पुगेका हुन् ।

उनीहरू सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका थिए ।

‘न्यायका लागि मार्च’का अभियन्ता तथा मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले अब माग सम्बोधन नभएसम्म पीडित घर नफर्कने बताए ।

। मिटरब्याजपीडितहरू सार्वजनिक स्थलमा बास बस्ने, खाना पकाएर खाने गर्दै निकै सकसपूर्ण रूपमा काठमाडौं आइपुगेका हुन् । तर उनीहरुलाई सरकारले न्याय देला त भन्ने कुरा भने संका नै छ ।